Above Article Ad
  • पुनर्वासको एक विवाहमा धारिलो हतियार प्रहारबाट युवकको हत्या, हत्याराको पहिचान हुन बाँकी

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरमा विवाहमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरिएको छ ।

    पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्जल सायरको हत्या भएको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले गएराति साढे १ बजेतिर भानुबस्तीमै विवाहमा गएका बेला झगडा हुँदा धारिलो हतियार प्रहार गरेर हत्या भएको बताए ।

    Article inline ad #2

    उनकाअनुसार घाइते अवस्थाका सायरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले बताए ।

    मृतकको छातीमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका उनीहरुको परिचय गोप्य राखिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    9

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6