Above Article Ad
  • धनगढीका विभिन्न क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने

    Above Article Content Ad
  • धनगढी-नेपाल विद्युत प्राधिकरण अन्तर्गत धनगढी वितरण केन्द्र ले लाइन अवरुद्ध हुनेबारे अत्यन्त जरुरी सूचना जारी गरेको छ।

    प्राधिकरणका अनुसार राजपुर र कैलाली गाउँ फिडरअन्तर्गतका एचटी तथा एलटी लाइनमा रहेका हाँगाविङ्गा तथा झाडी कटान (बस कटिङ) कार्य गर्न लागिएकोले विद्युत् सेवा अस्थायी रूपमा अवरुद्ध हुने भएको हो।सूचना अनुसार २०८३ वैशाख ६ गते बिहान ९:३० बजेदेखि बेलुका ५:०० बजेसम्म विद्युत् आपूर्ति बन्द  गरिनेछ।

    Article inline ad #1
  • राजपुर फिडर अन्तर्गत विशालनगर, चटकपुर, बोराडाँडी, फाप्ला, भाटभटेनी आसपासका क्षेत्रहरूमा विद्युत् सेवा प्रभावित हुने जनाइएको छ। त्यस्तै कैलाली गाउँ फिडर अन्तर्गत उत्तरबेहडी, चटकपुर, तुलसीचोक, बोराडाँडी, मधुवन लगायतका स्थानहरूमा पनि विद्युत् अवरोध हुने प्राधिकरणले जनाएको छ।

    Article inline ad #2

    प्राधिकरणले यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सहयोग र सहकार्यका लागि आग्रह गरेको छ। साथै कार्य सम्पन्नताको आधारमा तोकिएको समयभन्दा अघि वा पछि पनि लाइन सुचारु हुन सक्ने जानकारी दिइएको छ।यस्तै, कार्य सम्पन्न भएपछि क्रमिक रूपमा लाइन सेवा पुनः सञ्चालन गरिने प्राधिकरणले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6