
कैलालीमा कुखुराको मासु खाँदा दुई बालकको मृत्यु
Above Article Content Ad
धनगढी –चुरे गाउँपालिका–३, भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरू सहोदर दाजुभाइ हुन्। जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार बिहीबार मरेको कुखुराको मासु सेवन गरेपछि उनीहरू गम्भीर बिरामी परेका थिए।
सोही मासु सेवन गरेका उनीहरूको आमा २८ वर्षीया राधिका ताम्राकार र ३ वर्षीय कान्छा छोरा दीपेश ताम्राकारको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
Article inline ad #1
घटना बिहीबार भए पनि प्रहरीलाई शुक्रबार मात्र जानकारी दिइएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो।
Article inline ad #2
प्रहरीका अनुसार उनीहरूले उक्त मासु स्थानीय ‘विकास पोल्ट्री फार्म’बाट खरिद गरेका थिए। फार्म सञ्चालक मंगल साउद इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई बयान दिएका छन्। उनलाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















