Above Article Ad
  • पुनर्वासको सशस्त्र प्रहरी बल आँपतालमा तीन महत्वपूर्ण निर्णयसँगै सम्पन्न भयो समितिको बैठक

    Above Article Content Ad
  • पुनर्वास-सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले स्थानीयहरुको सहभागितामा सीमा सहजीकरण समिति गठन गरी सक्रियता देखाउँदै आएको छ।

    आइतबार कञ्चनपुरको पुनर्वास नगरपालिका-४, स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) आँपतालमा वडाध्यक्ष मनोज जैशीको अध्यक्षतामा सीमा सहजीकरण समितिको बैठक सम्पन्न भएको हो।

    Article inline ad #1
  • सो बैठकबाट  सीमा क्षेत्रमा हुनसक्ने विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न सीमा सम्बन्धी सूचनाहरू निरन्तर रूपमा एक–आपसमा आदान–प्रदान गर्ने , राजस्व वृद्धि गर्न अवैध रूपमा हुने चोरी निकासी तथा पैठारी नियन्त्रणका लागि सम्बन्धित निकायहरूबीच आपसी समन्वय-सहकार्यलाई सुदृढ बनाउने र सीमा विवाद वा सीमा अतिक्रमण सम्बन्धी समस्या उत्पन्न भए सम्बन्धित पक्षहरूबीच समन्वय-सहकार्य गरी समाधान गर्ने विषयमा तीनवटा महत्वपूर्ण निर्णय भएको बी.ओ.पी. आँपतालका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विजय प्रताप सिंहले जानकारी दिनुभयो।

    Article inline ad #2

    बैठकमा समितिका सदस्यहरू र स्थानीयबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6