Above Article Ad
  • सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको चार स्थानीय तहमा भेडा बाख्रापालन गर्न आर्थिक सहयोग गर्ने

    Above Article Content Ad
  • बाजुरा- सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको चार स्थानीय तहमा भेडा बाख्रापालन गर्न आर्थिक सहयोग गर्ने भएको छ।

    किसानलाई लक्षित गर्दै सरकारले कृषकलाई कृषि विकास बैङ्कबाट ऋण लगानी गर्ने भएको हो।

    Article inline ad #1
  • सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशमा लगानीको वातावरण बनाउन सरकार लागिरहेको बताएका छन्।

    Article inline ad #2

    शनिवार बाजुरामा आयोजित उच्च पहाडी क्षेत्रमा बृहत्तर भेडा बाख्रापालनका लागि सरोकार भएकाहरूसँगको छलफल कार्यक्रममा उनले कृषि तथा उद्योग क्षेत्रमा लगानीका लागि निजी क्षेत्रसँग सहकार्य र समन्वय आवश्यक रहेको बताएका हुन्।

    मन्त्री थापाले सुदूरपश्चिमका बाजुरा, बझाङ र दार्चुला जिल्लामा रहेका भेडा तथा बाख्रापालक कृषकलाई लक्षित गरी पहिलो चरणमा परीक्षणका रूपमा नयाँ कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए। उनले यहाँका भेडा बाख्रापालक कृषकलाई कृषि विकास बैङ्कबाट ऋण लगानी गर्ने र त्यसको आठ प्रतिशत व्याज प्रदेश सरकारले तिर्ने गरी कार्यक्रम ल्याइएको बताए।

    मन्त्री थापाले भने, ‘निजी क्षेत्रलाई नजोडि समृद्धि सम्भव छैन। त्यसैले उच्च पहाडी क्षेत्रमा निजी क्षेत्रका कृषकसँग सहकार्य गरी बृहत् भेडा तथा बाख्रापालन कार्यक्रम गर्दैछौँ। पहिलो चरणमा बाजुराका हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकामा कार्यक्रम लागू गर्छौँ।’

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6