Above Article Ad
  • शुक्लाफाँटा निकुञ्ज बाहिर पाटेबाघ देखिन थालेपछि स्थानीयमा त्रास

    Above Article Content Ad
  • कञ्चनपुर-शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि क्षेत्रमा पटक–पटक पाटेबाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाहिरिएका पाटेबाघ बस्तीमा प्रवेश गरी घरपालुवा चौपाया मार्न थालेपछि स्थानीयमा भय बढेको हो। त्रिशक्ति उपभोक्ता समितिले पनि समुदायलाई सावधानी अपनाउन अनुरोध गरेको छ।

    Article inline ad #1
  • समितिका अध्यक्ष दमनबहादुर चन्दका अनुसार निकुञ्ज आसपासका बासिन्दालाई राति अनावश्यक हिँडडुल नगर्न, अत्यावश्यक परे समूहमा टर्चलाइटसहित मात्र बाहिर निस्कन र घर–गोठ वरपरका झाडी तथा बुट्यान सफा राख्न आग्रह गरिएको छ।

    Article inline ad #2

    उनले निकुञ्ज सीमाक्षेत्रका खेतबारीमा काम गर्न जाँदा, दाउरा–घाँस काट्न वा पशुचौपाया चराउन जाँदा एक्लै नजान र समूहमा रहेर मात्र काम गर्न सचेत गराइएको बताए। कतै बाघ देखिएमा वा बाघले चौपाया मारेको थाहा पाएमा निकुञ्ज प्रशासन, नेपाली सेना, नगरपालिका वा वडा कार्यालयमा तुरुन्त जानकारी दिन पनि अनुरोध गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6