
कैलालीमा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु
Above Article Content Ad
धनगढी- कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
जिल्लाको जानकी गाउँपालिका–४ रामजानकी मन्दिर नजिक सोही गाउँपालिका–७ मक्री बस्ने ३६ वर्षीय तुल्सीराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ क २७८६ नम्बरको रेन्बो एकेडेमी स्कुलको बसको ठक्करबाट जोशीपुर गाउँपालिका–५ बनकट्टा बस्ने २३ वर्षीय सागर डगौराको मृत्यु भएको हो।सागरले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००८ प ५६२८ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालक सागर गम्भिर घाईते भएका थिए। उनलाई उपचारको लागि सेवा नर्सिङ होम नेपालगंज, बाँके लगिएकोमा बिहीवार चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Article inline ad #1
प्रहरी कार्यालय टीकापुर, कैलालीको नियन्त्रणमा रहेको र सो सम्बन्धमा अनुसन्धान भईरहेको जनाइएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















