Above Article Ad
  • कैलाली कारागार जेलरमा ढुङ्गाना आए

    Above Article Content Ad
  • धनगढी : कैलाली कारागारको जेलरका रूपमा प्रकाश ढुङ्गाना आएका छन्।

    कारागार व्यवस्था विभागले नेपालगन्जका जेलर रहेका ढुङ्गानालाई कैलाली कारागार पठाएको हो।विज्ञापन

    Article inline ad #1
  • गत शुक्रवार राति कारागारमा कैदीबन्दीबिच भएको हिंसात्मक घटनापछि काजमा पठाइएका जालन्धर भुसालको हप्ता दिनको काज सकिएर उनी विदा भएपछि ढुङ्गानालाई पठाइएको छ। उनी शनिवार कैलाली आएका छन्। ब्लक ए मा रहेका कैदीबन्दीले भित्ता फुटाएर गत शुक्रवार मध्यरातमा ब्लक बी का कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए। क्रममा लागुऔषध मुद्दामा कैद सजाय बिताइरहेका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भए।

    Article inline ad #2

    घाइते मध्ये गम्भीर अवस्थाका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ। सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्पतालमा उपचाररत ४५ मध्ये ३४ जना डिस्चार्ज भएका छन। उनीहरू डिस्चार्ज भएपनि तत्काल कारागार फर्काउदा घटना दोहोरिन्ने भन्दै अस्पतालमै राखिएको छ। डिस्चार्ज भएका मध्ये चार जना कञ्चनपुर र एक जनाको नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ।

    कैलाली कारागारमा हिंसात्मक घटना हुनुका पछाडि जिल्लास्थित सुरक्षा निकायको नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले गम्भीर लापरवाही रहेको भन्दै गृह प्रशासनले मन्त्रालय तानेको छ। उनको ठाउँमा दाङका प्रमुख जिल्ला अधिकार कृष्णप्रसाद लम्साल कैलाली आएका छन्।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6