Above Article Ad
  • बैतडीमा कुकुरको टोकाइबाट बालकको मृत्यु

    Above Article Content Ad
  • बैतडीः बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु भएको छ।

    जिल्लाको पुर्चौंडी नगरपालिका–६ कुयलीगाउँका १२ वर्षीय अनिल साउँदको कुकुरको टोकाइबाट आइतवार मृत्यु भएको हो। स्थानीय शिक्षक मनोज साउँदका अनुसार करिब दुई हप्ता अघि कुकुरले टोकेर घाइते भएका अनिलको आइतवार बाटोमै मृत्यु भएको हो। कुकुरको टोकाइबाट टाउकोमा चोट लागेका अनिललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो।

    Article inline ad #1
  • उपचारपछि तीन दिनअघि मात्र उनलाई घर लगिएको थियो। तर, घर आएपछि स्वास्थ्यमा थप समस्या देखिएपछि पुनः अस्पताल लैजाँदै गर्दा आइतवार साँझ ६ बजेतिर डडेलधुरा नजिकै मृत्यु भएको परिवारले जनाएको छ। अनिलमा कुकुरको टोकाइपछि रेबिजका लक्षण देखिएको र उनी पानी देख्नासाथ डराउने लक्षण देखिएको बताइएको छ। अनिल जनता आधारभूत विद्यालय रौनालीचौडमा कक्षा ६ मा अध्ययनरत थिए।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6