Above Article Ad
  • इलाममा छोराबुहारीसहित चार व्यक्ति खटाएर बाबुको हत्या, ६ जना पक्राउ

    Above Article Content Ad
  • काठमाडौं । इलाममा आफ्नै बाबुको हत्याका लागि छोराबुहारीले मान्छे खटाएको खुलेको छ । चार जना व्यक्ति खटाएर आफ्नै बाबुको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा सुर्योदय नगरपालिका–११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी श्रमिती २६ वर्षीया मालती तामाङ, सुर्योदय–११ कै २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, सोही ठाउँका २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई छन् ।

    Article inline ad #1
  • यो समूहले सुर्योदय–११ का ५१ वर्षीय धनराज राईको हत्या गरेको आरोप छ । पक्राउ परेकामध्ये एडवर्ड र मालती धनराजका आफ्नै छोराबुहारी हुन् । उनीहरूकै योजना र निर्देशनअनुसार बाँकी चार जनाले धनराजको हत्या गरेको इलामका डीएसपी मानबहादुर राईले बताए ।

    बाबुसँग विवाद भएपछि करिब ८ महिना पहिलेदेखि छोराबुहारी छुट्टै बस्दै आएका थिए । हत्याको एक साता अघि पनि अम्रिसो बेच्ने विषयमा छोराबुहारी र बाबुबीच विवाद भएको अनुसन्धानका क्रममा खुलेको छ ।

    Article inline ad #2
    त्यसपछि अम्रिसो किन्न खोज्ने समूहकै व्यक्ति प्रयोग गरेर धनराजको हत्या गरिएको खुलेको डीएसपी राईले भने । पक्राउ परेका चार जना धनराजको घरमा अम्रिसो किन्न भनेर गएका व्यक्ति हुन् ।

    २८ माघको दिउँसो ११ बजेतिर धनराज मृत फेला परेको भन्दै प्रहरीलाई खबर आएको थियो । आफ्नै घरको भुईंतलामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

    रड, फरुवा, आग्लोलगायत प्रहार गरेर धनराजको हत्या भएको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6