Above Article Ad
  • धनगढी महोत्सव सुरु,प्रधानमन्त्री नआएपछि उद्योगमन्त्री ल्याएर उद्धघाटन

    Above Article Content Ad
  • धनगढी: १८औं संस्करणको सुदूरपश्चिम महोत्सव आजदेखि सुरु भएको छ। महोत्सवको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन्। यस अगाडि महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएपनी उनी आएनन्। ओली नआएपछि भण्डारीले महोत्सव उद्घाटन गरेका हुन्।

    उद्घाटन कार्यक्रममा आयोजक कैलाली उद्योग वाणिज्य संघले उद्योगमन्त्री भण्डारीले १० बुँदे मागपत्र पनि बुझाएको छ। पश्चिम सेती जलविद्युत आयोजना र सुख्खा बन्दगाह निर्माण, सेती प्रादेशिक अस्पताल र त्रिनगर–गौरीफन्टा नाकाको स्तरोन्नति लगायतका माग बुझाइएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले जानकारी दिए।

    Article inline ad #1
  • ‘२०६३ सालमा २१ बुँदे मागपत्र बुझाएर महोत्सव सुरुवात गरेका थियौं,’ उनले भने, ‘अहिलेसम्म केही माग पूरा भएका छन् त केही पूरा हुने चरणमा छन्। १० माग पूरा नभएकाले यसपटक १० बुँदे मागपत्र बुझाएका हौं।’

    Article inline ad #2

    कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको सम्भावनाहरुको खोजी गर्न र यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपान, भेषभुसाको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए।

    पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने संघको अनुमान छ । महोत्सव अवलोकनका लागि एक सय रुपैयाँ टीकट लाग्ने छ। विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सवमा कृषि उत्पादन, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायतका पाँच सय ३१ वटा स्टल राखिएको आयोजकले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6