Above Article Ad
  • अविरल वर्षाले सुदूरपश्चिमका राजमार्ग तथा सडकखण्ड अस्तव्यस्त,कुन जिल्लामा कस्तो छ अवस्था?

    Above Article Content Ad
  • प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सडकको पछिल्लो अवस्था यस्तो रहेको छ :

    Article inline ad #1
  • कञ्चनपुर — महाकाली करिडोर: भीमदत्त नगरपालिका–९, खल्ला मस्टेटीस्थित महाकाली करिडोरमा भीषण पहिरो खसेका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

    Article inline ad #2

    बैतडी — सतबाँझ–श्रीभावर सडकखण्ड: सिगास/सुर्नया गाउँपालिका–२, लिम्किटा क्षेत्रमा पहिरो जाँदा सतबाँझ–श्रीभावर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको सडकखण्ड सञ्चालनमा ल्याइएको जानकारी जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारीले जानकारी गराए।

    कैलाली — हुलाकी सडकखण्ड: भजनी नगरपालिका–७, हिक्मतपुरस्थित हुलाकी सडकखण्डमा वर्षाका कारण ढलेका रुखहरू हटाई यातायात सञ्चालनमा ल्याइएको छ।

    कञ्चनपुर — चौधर नदीको झोलुङ्गे पुल: वेदकोट नगरपालिका–३ र ४ जोड्ने चौधर नदीको झोलुङ्गे पुल नदी कटानका कारण भासिएपछि आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।

    बझाङ — जयपृथ्वी राजमार्ग: बित्थडचिर गाउँपालिका–२, लिमस्थित जयपृथ्वी राजमार्गमा पहिरो हटाउन जेसीबी प्रयोग गरी सडक खुलाउने कार्य भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारीले दिए।

    बाजुरा — मार्तडी–अछाम सडकखण्ड: मार्तडी–अछाम (साँफेबगर) सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेका कारण सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। जेसीबीमार्फत पहिरो पन्छाउने कार्य भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारीले दिए।

    डडेल्धुरा — जोगबुढा–बुडर सडकखण्ड: आलिताल गाउँपालिका–८, सुनखोलास्थित जोगबुढा–बुडर सडकखण्डमा पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको छ। सडकमा २/३ वटा सवारीसाधन जाममा रहेका छन्। भङ्गाडी खोलामा पानीको सतह बढेका कारणसमेत सडक अवरुद्ध भएको छ। अहिले जेसीबीमार्फत सडक सफा गर्ने कार्य भइरहेको छ भने प्रहरी टोली परिचालन गरिएको छ।

    अविरल वर्षाका कारण सडक तथा राजमार्गमा पहिरो र बाढीको जोखिम कायमै रहेकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्नसमेत अनुरोध गरिएको छ।

    उक्त विवरण जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा आधारित छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6