Above Article Ad
  • भोल्टेज डाउनकै कारण जनताले दुख पाए : प्रमुख जोशी

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको दक्षिण क्षेत्रमा भोल्टेज डाउनकै कारण जनताले दुख पाइरहेको नेपाल विधुत प्राधिकरण बेलौरी वितरण केन्द्रले बताएको छ । सोमबार कार्यालयमा विधुतको समस्या बुझ्न गएको पुनर्वास नगरपालिकाका वडाध्यक्ष सहित स्थानीयको टोलीसँग कुराकानी गर्दै बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीले सो कुरा बताएका हुन् ।

    ‘लालपुर ३३ केभी लाइनबाट नै बिस्तारै ड्रीम हुँदै जाँदा खेरी हामीले विधुत पठाउन नसकेका हौँ । यो वर्ष आइतबारको जस्तो समस्या आएको पनि थिएन । केही दिन रातीको समयमा रुखका हाँगाहरू ढलेर आयता पनि भोल्टेजकै कारण भने विधुत रोकिएको थिएन,’उनले भने,‘३३ केभीको भोल्टेज पहिला एकदमै अत्यधिक भएकोमा अहिले न्यून चाहिँ हुँदै गइरहेको छ । त्यही पनि कहिले काहीँ प्राविधिक कारणले यस्ता समस्या आउँछन् ।’

    Article inline ad #1
  • उनले आगामी दिनमा आइतबारको जस्तो समस्या नहुने समेत दाबी गरे । ‘अहिले भोल्टेजको समस्या हटेको छ । सायद अब त्यस्तो समस्या आउँदैन होला । अब भोल्टेजकै कारणले रातभरि विधुत जाने समस्या भने नहोला । आइतबार परेको सो समस्याप्रति कार्यालयको तर्फबाट क्षमा चाहन्छौँ,’ उनले भने ।

    Article inline ad #2

    आइतबार राती विधुत नआएपछि यस क्षेत्रका स्थानीय आक्रोशित समेत बनेका थिए । उनीहरूले आफूहरूले मतदान गरी जिताएर विभिन्न निकायमा जनप्रतिनिधि पु¥याएको तर उनीहरूले कुनै सम्बोधन नै नगरेको आरोप लागेपछि पुनर्वास नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू सो समस्या बुझ्न सोमबार बेलौरी वितरण केन्द्र पुगेका थिए । विधुतको समस्याबारे बुझ्न बेलौरी वितरण केन्द्र पुगेका पुनर्वास नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ११ का वडाध्यक्ष तुलसी अर्यालले अहिले विधुतका कर्मचारीको समय प्रणाली राख्दा कर्मचारीको काम गर्ने समय नै पत्ता लगाउन कठिन हुने गरेको बताए ।

    ‘अहिले जुन हाम्रो पुनर्वास नगरपालिकामा पनि विधुतका कर्मचारीको टाइम सिस्टममा राखिएको छ नि त्यसले गर्दा कर्मचारीको काम गर्ने समय नै पत्ता लगाउन कठिन भएको छ,’ उनले भने, ‘किन भने कसैलाई फोन हान्यो मेरो त ड्युटी होइन भन्छ, अर्कोले नि त्यस्तै भन्छ, यसरी अहिले कसले कति वेला काम गरिरहेको छ भन्ने पनि जानकारी नहुँदा केही समस्या भइरहेको छ ।’

    पुनर्वास नगरपालिका वडा नम्बर ४ र ५ का वडा अध्यक्ष मनोज जैशी र पदम बहादुर रोकायाले पनि बारम्बार विधुत कटौती हुँदा वडावासीको गाली सुन्न बाध्य हुनुपरेको बताएका थिए । वडा अध्यक्ष जैशीले एउटा समस्याका लागि गत वर्ष कार्यालयमा निवेदन दिएको तर अहिले सम्म सो समस्या समाधान हुन नसकेको गुनासो गरे । नगरपालिकाकै वडा नम्बर १ का वडाध्यक्ष मोहनलाल रानाले पनि विधुत कटौति नगर्न कार्यालयलाई आग्रह गरे ।

    पुनर्वास ११ का स्थानीय तथा नेविसंघका नेता यज्ञ खड्काले बढ्दो गर्मीका कारण राती सुत्न निकै कठिन भइरहेका वेला त्यही माथि विधुत कटौती हुँदा रातभर अनिदो बस्नुपर्ने बाध्यता आउने गरेको बताउँदै विधुतकै कारण व्यापारीको व्यवसाय समेत चौपट भएको बताए । ‘अहिलेको गर्मीको समयमा पङ्खा लगाउँदा समेत राती सुत्न गाह्रो भइरहेको छ । त्यही माथि विधुत कटौती हुँदा सोच्नुस त कस्तो समस्या होला ? त्यो त बुझ्नुप¥र्यो नि,’ उनले भने, ‘ विधुत कटौतीका कारण कतिपय व्यापार व्यवसाय चौपट भएका छन् । उनीहरूको समस्या कसले बुझ्छ । यसको समाधानको उपाय पनि होला । समाधान नै नहुने भन्ने त नहोला नि ?’
    पछिल्लो समय कहिले भोल्टेज लो त कहिले केहि प्राविधिक समस्याका कारण कञ्चनपुरको दक्षिणी क्षेत्रमा बढीजसो विधुत कटौती हुने गरेको छ । पुनर्वासमा विधुतको सबस्टेशन निर्माणमा ढिलासुस्तीका कारण पनि विधुतको समस्या खेप्नु परेको छ । तर्सथ जनताले पाइरहेको यो सास्तीलाई केहि भएपनि मलम लगाउन विधुतको सबस्टेशन निर्माण कार्यलाई तीव्रता दिन सके यो समस्या समाधान हुने देखिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button