Above Article Ad
  • कैलाली प्रहरीको कार्यालयमा मल्लको निरीक्षण

    Above Article Content Ad
  • धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लद्वारा जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ।

    निरीक्षणका क्रममा भौतिक पूर्वाधार, अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, कार्य शाखा तथा अभिलेख व्यवस्थापन लगायत विभिन्न पक्षहरूको मुल्यांकन गरिएको थियो।

    Article inline ad #1
  • उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले कार्यालयको समग्र अवस्था, सुरक्षा व्यवस्था तथा सञ्चालन भइरहेका गतिविधिहरूको बारेमा प्रस्तुतीकरण गरेका थिए।

    Article inline ad #2

    त्यसपछि, मल्लले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू तथा मातहतका युनिट इन्चार्जहरूलाई आवश्यक निर्देशन प्रदान गर्दै संगठनलाई थप प्रभावकारी बनाउन सुझाव दिए।

    निरीक्षणका क्रममा प्रहरी सेवाको गुणस्तर अभिवृद्धि गर्न आवश्यक सुधार तथा नीतिहरूको कार्यान्वयनबारे छलफल गरिएको थियो। प्रहरी प्रशासनको पारदर्शिता, अपराध नियन्त्रणमा प्रविधिको प्रयोग र जनतासँगको समन्वयलाई अझ बलियो बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6