Above Article Ad
  • बीपी राजमार्ग खुल्यो

    Above Article Content Ad
  •  काठमाडौं-अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

    केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो ।बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको उनले बताए ।‘बिहानै ८ बजेदेखि सडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरिएको छ,’ गिरीले भने, ‘अहिले सडक पूर्ण रुपमा सञ्चालमा आएको छ ।’

    Article inline ad #1
  • पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो ।अहिले रोकिएका सवारीहरू विस्तारै सञ्चालनमा ल्याइएको हो ।

    Article inline ad #2

    साभार अनलाइनखबर

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6