
कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी,बसमा सवार ४४ जना यात्रु सकुशल
Above Article Content Ad
बुटवल- कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी भएको छ।
जिल्लाको हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकस्थित शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा आज बिहान काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी भएको हो। बस जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
Article inline ad #1
बसमा सवार ४४ जना यात्रु भने सकुशल छन्। गुडिरहेको बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको थियो। यसपछि बस सडक छेउमा रोकिएर पछि यात्रु ओर्लिएका थिए।
Article inline ad #2
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले स्थानीय, प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको बताए।
उनले घटनामा कुनै मानवीय क्षति नभएको बताए। आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















Refer friends, earn cash—sign up now!