Above Article Ad
  • साईन नेपालद्धारा बझाङका ५ सय १५ जनालाई ब्लाङ्केट वितरण

    Above Article Content Ad
  • बझाङ– मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) धनगढीद्धारा बझाङमा ब्लाङ्केट वितरण गरिएको छ ।
    बुधबार बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै बझाङको खप्तड छान्ना गाउँपालिकाका ५ सय १५ जना एकल महिला, विपन्न, बृद्धबृद्धा र अपांगता भएकालाई ब्लाङ्केट वितरण गरिएकोे हो ।

    साईन नेपालका अध्यक्ष भक्तराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाँउपालिका अध्यक्ष उत्तम बहादुर रोकायाको प्रमुख आतिथ्य रहेको थियो ।जाडोको समयमा यस क्षेत्रका नागरिकको अवस्था प्रति गम्भिर हुँदै संस्थाको सी.ए.आर.२२ परियोजना अन्तर्गत उक्त न्यानो वितरण कार्र्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष जोशीले जानकारी दिए ।

    Article inline ad #1
  • त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाँउपालिका अध्यक्ष रोकायाले संस्थालाई धन्यवाद व्यक्त गर्दै जाडो मौषममा प्रदान गरिएको ब्लाङ्केट उँहाहरुका लागि स्मरण योग्य रहने बताए । सो क्षेत्रमा कात्र्तिक २२ गते आएको भुकम्पले केन्द्र बिन्दु बनाएको थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6