Above Article Ad
  • पुनर्वासमा स्कुल बसको ठक्करबाट घाइते भएका तामाङलाई थप उपचारका लागि काठमाडौं रिफर

    Above Article Content Ad
  • कञ्चनपुर । कञ्चनपुरमा स्कुल बसले मोटरसाइकल लाई ठक्कर दिदा गम्भीर घाइते भएका तामाङलाई धनगढीमा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको छ।

    जिल्लाको पुनर्वास नगरपालिका-३ रामबस्तिमा बिध्यार्थी लिन गइरहेको स्कुल बसले मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकलमा सवार सोही ठाउका ४४ वर्षीय रमेश तामाङ घाइते भएका थिए ।

    Article inline ad #1
  • घाइते तामाङलाई तत्काल उपचार का लागि पुनर्वास पोलिक्लिनिक आई बि आर डी मा स्थानियहरुले पुर्याए पनि उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको थियो।घाईते को धनगढी स्थित माया मेट्रो हस्पिटलमा पनि उपचार सम्भव नदेखिए पछि काठमाडौं रिफर गरिएको छ।

    Article inline ad #2

    स्कुल बसको ठक्कर बाट गम्भीर घाइते भएका तामाङलाई चार जना बिशेषज्ञ डाक्टर हरूको टिम सहित बिशेष जहाजमा राखि काठमाडौंको धुम्बाराही स्थित हमस अस्पतालमा उपचारका लागि लगिएको घाईतेका आफन्त जिन बहादुर तामाङ्गले जानकारी दिनुभयो।

    अहिले घाईते तामाङको उपचार हामस अस्पतालमा भईरहेको छ भने स्वस्थ अवस्थामा पनि केही सुधार देखिएको जानकारी दिनुभयो।

    आईतबार बिहान पुनर्वास नगरपालिका–३, रामबस्तीमा धनगढी उपमहानगरपालिकामा रहेको क्रिस्टल बोर्डिङ स्कुलको सुपप्र ०१–००१ प. २१३३ नम्बरको बसको ठक्करबाट से.२ प. ६३०९ नम्बरको मोटरसाईकलमा सवार तामाङ गम्भीर घाइते भएका थिए ।

    बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्चार्ज प्रहरी निरिक्षक महेश विक्रम शाहीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6