Above Article Ad
  • कैलालीमा युवती करणीको आरोपमा दुई जना पक्राउ

    Above Article Content Ad
  • धनगढी : कैलालीमा युवती करणीको आरोपमा दुई जना पक्राउ परेका छन्। चुरे गाउँपालिका–४ की २५ वर्षीया एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो।

    इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मानसिक अवस्था अस्वस्थ भएकी किशोरीमाथि दुई जनाले करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार पीडित किशोरी गर्भवती रहेको पाइएको छ। स्वास्थ्य परीक्षणका क्रममा करिब २४ हप्ताको गर्भ रहेको पुष्टि भएपछि घटना बाहिर आएको हो।

    Article inline ad #1
  • डीएसपी चन्दले भने, “किशोरीले किटानी गरी दिएको विवरणका आधारमा दुई जनालाई पक्राउ गरिएको हो। अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको र दोषी को हुन् भन्ने विषयमा थप प्रमाण संकलन भइरहेको समेत बताए।” किशोरीको मानसिक अवस्था अस्वस्थ भए पनि उनी शान्त अवस्थामा मात्र केही कुरा गर्ने तर एकाँही रिस, झोकको प्रतिक्रिया देखाउने भएकाले बयान संकलनमा केही समय समस्या हुने डीएसपी चन्दले बताए।

    पीडितको सुरक्षाका लागि र अनुसन्धान प्रभावित नहोस् भनेर आरोपितहरूका नाम हाल सार्वजनिक नगरिएको बताइएको छ। तथापि, उनीहरूको परिचय केही दिनभित्र सार्वजनिक गरिने डीएसपी चन्दले बताएका छन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6