Above Article Ad
  • बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    Above Article Content Ad
  •  काठमाडौं –नयाँ बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ३ वर्षीय बालक शिवांश झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको कारले नयाँ बानेश्वरको कात्यानी चोकमा बालकलाई ठक्कर दिएको थियो ।

    Article inline ad #1
  • कात्यानीबाट भीमसेनागोलातर्फ जाने क्रममा कारले ठक्कर दिएपछि गम्भीर घाइते भएका झालाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको बोहराले बताए ।भारत घर भएका बालक झा परिवारसँग काठमाडौंमा बस्दै आएका थिए । कार चालक रमेश कुमार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6