Above Article Ad
  • रुस–युक्रेन युद्धमा परेर बैतडीका भट्टको मृत्यु

    Above Article Content Ad
  • धनगढी: रुसी सेनामा भर्ती भएर युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका – ९ का अर्जुनदत्त भट्टको मृत्यु भएको छ। डेढ वर्ष अघि रुसी सेनामा भर्ती हुन गएका उनको लडाइकै क्रममा मृत्यु भएको हो। उनी नेपाली सेनाबाट अवकाश पाएपछि डेढ वर्ष अघि रुस गएको उनको पारिवारिक श्रोतले जनाएको छ।

    परराष्ट्र मन्त्रालयले पनि पछिल्लो पटक भट्ट सहित २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ। जसमा सुदूरपश्चिमबाट बैतडीका अर्जुनदत्त भट्ट, दार्चुलाका ललितसिंह डोबल सहित नवलपरासीका हेमकुमार मगर, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीतबहादुर घर्तीमगर, बागलुङका मख्खनबहादुर पुन रहेका छन्।यस्तै मकवानपुरका रामकुमार प्रधान, मोरङका रोनल मिश्र, प्युठानका भीमबहादुर घर्तीमगर, म्याग्दीका छमबहादुर घर्ती, सुर्खेतका सुजन शर्मा र रुकुम पश्चिमका रामकुमार बुढामगरको पनि मृत्यु भएको छ।

    Article inline ad #1
  • ठेगाना नखुलेका अन्य १० जनामा लरबहादुर बुढा, नेत्रबहादुर थापा, विकास राई, रूपक राई, महेन्द्र मल्ल, अशोक जीसी, अमृत थापा आलेमगर, उदयराज थारु, प्रितम राई र प्रेमबहादुर लुंगेलीमगर छन्।उनीहरूको पुस ९ यता मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो। योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको सङ्ख्या ७३ पुगेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by