
बैतडीमा मिनि ट्रक दुर्घटना चालकको घटनास्थलमै मृत्यु
Above Article Content Ad
बैतडी- बैतडीमा मिनि ट्रक दुर्घटना भएको छ।
ट्रक दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडूले बताए। सतबाँज सिरभाँवर सडक अन्र्तरगत भित्री कच्चि सडकमा सुर्नया ४ संन्सेरमाण्डौ देखि धनगढी जादै गरेको भे. १ ख. १६३९ नम्बरको मिनिट्रक सुर्नया गाउँपालिका वडा नम्बर ५ स्थीत कठेगौणा भन्ने ठाउँमा बिहिबार राति दुर्घटना भएको प्रहरी निरीक्षक बडुले बताए।
Article inline ad #1
ट्रक चालक सुर्नया ४ कौलाडी बस्ने अन्दाजी २९ वर्षका नरेश महराको मृत्यु भएको हो। ट्रक सडकबाट ६० मिटर तल सुर्नया नदीमा खसेको प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















