Above Article Ad
  • कमलपोखरी पुनःभरण गरी पानीको सतह यथावत् राख्न उपमेयर सुनिता डङ्गोलको निर्देशन

    Above Article Content Ad
  •  काठमाडौँ -काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले कमलपोखरीमा पुनःभरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न निर्देशन दिएकी छिन् ।

    कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणमा भइरहेका कामको आज अनुगमन गर्दै उनले सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका अधिकारीलाई यस्तो निर्देशन दिएकी हु्न् । पोखरी वरिपरि राखिएका चैत्य तथा मूर्तिमा आगन्तुकले क्षति गरेको देखेपछि उनले सीसीटिभी क्यामरामार्फत अनधिकृत क्रियाकलाप निगरानी गर्ने प्रबन्ध गरिने बताइन् ।

    Article inline ad #1
  • करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको पोखरीलाई परम्परागत, सांस्कृतिक र पर्यटकीय रूपमा विकास गर्ने गुरुयोजनाअनुरुप यहाँ पुनःनिर्माण भइरहेको छ । गुरुयोजनाको पहिलो चरणमा करिब रु छ करोड ३६ लाखको लागतमा पोखरी र यससँग सम्बन्धित संरचना निर्माण गरिएका छन् ।

    Article inline ad #2

    दोस्रो चरणमा पोखरीको सौन्दर्यीकरण र मर्मतको काम भइरहेको छ । यसका लागि रु तीन करोड छ लाख आठ हजार ११ मा ठेक्का सम्झौता भएको छ । गत भदौ १९ गते कार्यादेश दिइएको यो योजना आगामी साउन १५ गतेभित्र सम्पन्न गर्नुपर्ने छ ।

    यस्तै, ट्याक्टिकल अर्वनिजम (सडक तथा फुटपाथ किनाराको सौन्दर्य) का लागि उद्यान तथा हरियाली आयोजनाले काम गरिरहेको छ । साविकमा प्रहरी बिट रहेको करिब पाँच रोपनी क्षेत्रफलमा पार्क निर्माण भइरहेको छ ।

    सिमाना पर्खाल बाहिर ट्याक्टिकल अर्बनिजमअन्तर्गत फल्चाशैलीमा परम्परागत बस बिसौनी, पैदलयात्रीले पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ, बिरुवा तथा फूल रोप्ने र सानो पार्क बनाउने काम भइरहेका छन् ।

    यस वर्ष ट्याक्टिकल अर्वनिजमका लागि करिब रु दुई करोड लागतमा करिब ३२ ठाउँमा काम भइरहेको महानगरले जनाएको छ । यसअन्तर्गत पोखरीका चार कुनामा कमल रोप्ने र माछा राख्ने कामसमेत हुनेछन् । पोखरीको वरिपरी पैदलमार्ग छ।चिल्ड्रेन पार्क, मकराकृतिका ढुङ्गेधारा, अपाङ्गतामैत्री शौचालय, खुला व्यायामशाला र उद्यान कमलपोखरीका विशेषता हुन् । पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने मण्डप छन् । पूर्वतिर मूलढोकासँगै एउटा ठूलो पोखरी र त्यसको वरिपरि पाँच वटा मण्डप छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by