Above Article Ad
  • विद्यार्थी नेपाल फर्किन थालेपछि खर्च बेहोर्ने भन्दै अभिभावकलाई इमेल लेख्दै केआईआईटी

    Above Article Content Ad
  • काठमाडौं — भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि कम्तीमा १११ जना नेपाली विद्यार्थी सीमा नाका हुँदै स्वदेश फर्किएका छन् ।

    पूर्वीनाका काँकडभिट्टा हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएको छ । विद्यार्थीहरू स्वदेश फर्किन थालेपछि कलेजले चाहिँ अभिभावकलाई इमेल लेखेर उनीहरूको आउनेजाने खर्च बेहोर्ने भन्दै फिर्ता बोलाउने तयारी गरेको छ ।

    Article inline ad #1
  • दिल्लीस्थित नेपाली दूतावासबाट कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले कलेजका उपकुलपति प्रा.डा. सरञ्जीत सिंहसँग छलफल गरेका थिए ।

    त्यसक्रममा सिंहले सबै नेपाली विद्यार्थीका अभिभावकलाई त्यसबारे जानकारी दिँदै इमेल लेख्ने तयारी गरिएको जानकारी दिएको शर्माले अनलाइनखबरलाई बताए ।

    Article inline ad #2
    प्रकृतिका बुबाले भने : हामीलाई न्याय चाहियो, अरू केही होइन

    ‘अभिभावकहरूलाई विद्यार्थीको सुरक्षाप्रति चिन्ता छ, त्यसक्रममा विद्यार्थी घरसम्म पुगेका छन्’, उनले भने, ‘यसलाई कसरी सम्बोधन गर्ने तयारी छ भनेर सोध्दा उहाँले यो प्रस्ताव सुनाउनु भएको थियो, कलेज प्रशासनले अहिले हामीलाई सहयोग गरिरहेको छ ।’

    सोमबार र मंगलबारको घटनापछि कलेजमा रहेका १ हजार २ सय विद्यार्थीमध्ये ६० जना मात्र ओडिसामा बाँकी रहेका थिए । तीमध्ये थप ११२ जना होस्टलमा फर्किइसकेका छन् । ‘अरूलाई पनि फिर्ता आउने वातावरण बनाउन काम गरिरहेका छौं’, शर्माले भने, ‘त्यसका लागि कलेजले सुरक्षाको ग्यारेन्टी हुने गरी इमेल गरेर परिवारलाई जानकारी गराउने कलेजले जानकारी दिएको छ ।’

    युनिभर्सिटीमा आइतबार अपराह्न २० वर्षीया प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

    नेपाल सरकारले भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने

    आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनको मृत्यु भएको थियो ।

    यसपछि प्रकृतिको न्याय माग्दै भएको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । प्रदर्शनलाई दबाउन कलेज प्रशासनले सोमबार नेपाली विद्यार्थीलाई होस्टल खाली गरेर जान उर्दी जारी गरेको थियो ।

    तर, व्यापक दबाबपछि कलेजले फेरि फर्किएर आउन भन्दै अर्को सूचना जारी गर्नुपरेको थियो ।

    यो मामला सतहमा आएसँगै नेपाल सरकारसँगै भारतमा पनि सरकारी तहबाट चासो देखाइएको थियो ।

    त्यसक्रममा नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा ५ जना पक्राउ पनि परेका थिए । तर, अदालतले उनीहरूलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइसकेको छ ।

    प्रकृति लम्साल मृत्यु प्रकरण : ओडिसा प्रदेश सरकारले बनायो उच्चस्तरीय छानबिन समिति

    ओडिसाको विधानसभामा यो मामलाले प्रवेश आएपछि प्रदेश सरकारले अहिले छानबिनका लागि उच्च स्तरीय समिति पनि गठन गरिसकेको छ । प्रहरीले लम्साल मृत्युबारे थप अनुसन्धान गरिरहेको छ ।

    आरोपी अड्विक श्रीवास्तव प्रहरी हिरासतमा छन् । उनको मोबाइल प्रहरीले जफत गरिसकेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by