Above Article Ad
  • पूर्णागिरीबाट फर्केका तीर्थयात्री कैलालीका एकै गाउँका ४० जना बिरामी

    Above Article Content Ad
  • धनगढीः पूर्णागिरी मन्दिरको तीर्थयात्राबाट फर्केका कैलालीको एकै वडाका ४० जना बिरामी परेका छन्।

    बाटो छेउछाउमा बेचिने खाना खाएर उनीहरू बिरामी परेका हुन्। बिरामी पर्नेमा जोशीपुर गाउँपालिका–१ का स्थानीय रहेका छन्। तीर्थयात्राको क्रममा उनीहरुले सडक छेउछाउमा बेचिने समोसा, पकौडा, चाउमिन लगायतको फास्ट फूड खाएको जनाइएको छ।अस्वस्थकर, बिग्रेको खाना खाएका कारण उनीहरू बिरामी परेको जोशीपुर गाउँपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक नृपबहादुर डङ्गौराले बताए। बिरामी परेकाध्ये ३७ जनालाई औषधि दिइएको छ भने अलि गम्भीर समस्या देखिएका तीन जनालाई पिरपरकोटी आधारभूत स्वास्थ्य केन्द्रमा भर्ना गरेर उपचार गर्ने कार्य भइरहेको छ।

    Article inline ad #1
  • बिरामी परेकामा ज्वरो आउने, बारम्बार पातलो दिसा हुने, पेट दुख्ने, बान्ता हुने, पेट ढुस्स हुने जस्ता समान स्वास्थ्य समस्या देखा परेको जनाइएको छ। एकै वडाका धेरै जना बिरामी परेपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जिल्ला स्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोली पनि जोशीपुर पुगेको छ। उनीहरूको थप परीक्षणका लागि नमुना सङ्कलन गरिने डङ्गौराले बताए।पूर्णागिरी मन्दिरको दर्शनका लागि वैशाख १६ गते जोशीपुरबाट ४२ जना गएका थिए। भारतको उत्तराखण्ड प्रदेशस्थित चम्पावत जिल्लामा रहेको पूर्णागिरीमा फागु पूर्णिमादेखि वैशाख पूर्णिमासम्म पूर्णागिरी मेला लाग्ने गर्दछ। मेलाको क्रममा पूर्णागिरीको दर्शनका लागि नेपालबाट ठुलो सङ्ख्यामा तीर्थालुहरू जाने गरेका छन्।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6