अछामको मङ्गलसेनमा रहेको स्वावलम्बन लघुवित्तद्वारा विधार्थीहरुसँग वित्तीय साक्षरता कार्यक्रम
अछाम — अछामको मङ्गलसेनमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखाद्वारा “Global Money Week: Smart Money Talks” अभियान अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
शुक्रबार अछाम बहुमुखी क्याम्पस, मङ्गलसेनमा आयोजना गरिएको वित्तीय साक्षरता कार्यक्रममा
सहभागी विद्यार्थीहरूलाई बचत गर्ने बानीको विकास, आम्दानी र खर्चबीच सन्तुलन कायम गर्ने उपाय, व्यक्तिगत बजेट निर्माण, बैंक तथा वित्तीय संस्थाको प्रभावकारी प्रयोग, डिजिटल भुक्तानीका सुरक्षित विधि तथा भविष्यका लागि आर्थिक योजना बनाउने विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमले “Global Money Week” को महत्वलाई उजागर गर्दै विद्यार्थीहरूमा वित्तीय साक्षरताको आवश्यकता र आत्मनिर्भर बन्ने चेतनामा वृद्धि गरेको शाखा प्रमुख देवसिँह ठकुरीले जानकारी दिए।
सो कार्यक्रमबाट सहभागी विद्यार्थीहरूले वित्तीय अनुशासन, बचत गर्ने संस्कार तथा जिम्मेवार आर्थिक व्यवहारको महत्व बुझ्ने अवसर पाएका थिए।
यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक जीवनमा आवश्यक पर्ने सीपहरू प्रदान गर्ने भएकाले यसको महत्व झनै बढ्दै गएको छ।
कार्यक्रमले विद्यार्थीहरूलाई “Smart Money Management” तर्फ प्रेरित गर्दै आत्मनिर्भर र सशक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।

















