Above Article Ad
  • १२ औं रनिङ्ग चादी कपको बिजेता बन्यो केएफसी क्लब आई.बी.आर.डी.

    Above Article Content Ad
  • पुनर्वास- शनिबार पुनर्वास नगरपालिका-७, च-गाउँमा सञ्चालित १२ औं रनिङ्ग चादी कप खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

    दशै तथा दिपावलीको अवसरमा शिदार्थ युवा क्लबद्वारा सञ्चालित प्रतियोगितामा टिवाईसीलाई पेनाल्टी शुट आउटमा हराउँदै केएफसी क्लब आईबीआरडीले १ लाख ६० हजारको पुरस्कार हात पार्दै विजेता बनेको हो ।

    Article inline ad #1
  • त्यस्तै उपबिजेता बनेको टिवाईसीले ८१ हजारमा चित्त बुझाउनु पर्‍यो । खेलको पहिलो हापमै केएफसी क्लबले १ गोल प्रहार गर्दै आफ्नो टिमलाई अग्रता दिएको थियो । दुबै टिमका खेलाडीहरु बीच निकै घम्साघम्सीमा रोचकपुर्ण खेल प्रदर्शन थियो ।

    Article inline ad #2
  • हाप पछिको खेलमा टिवाईसीलाई पेनाल्टी सुट आउटको अवसर मिलेपछि एक गोल प्रहार गर्दै खेल बराबरीमा पुगेको थियोे ।

    खेल बराबरीमा टुंगिएपछि एम्पायरको निर्देशनमा पेनाल्टी शुटमा परिणत भयो । पेनाल्टी सुट आउटमा ट्राई बेकर गर्दै टिवाईसीलाई २ का विरुद्ध ३ गोल प्रहार गर्दै केएफसी टिम विजेता बनेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button