पुनर्वासमा झण्डै ३ लाखको अवैध काठ बरामद
Above Article Content Ad
पुनर्वास- कञ्चनपुरको पुनर्वासमा झण्डै ३ लाखको अवैध काठ बरामद गरिएको छ । प्रहरीका अनुसार पुनर्वास नगरपालिका-११ भीमबस्तीबाट अन्दाजी २ लाख ८२ हजार ४५० मूल्यको अवैध काठ बरामद गरिएको हो ।
आइतबार ६ गोलिया (५६.४९ क्युफिट) अवैध सालको काठ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासनको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको बताएको छ ।
Article inline ad #1
सो काठ आवश्यक प्रक्रिया पूरा गरी सब डिभिजन वन कार्यालय पचकडियाको जिम्मा लगाएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad