Above Article Ad
  • धनगढीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना : यी हुन् घाइतेहरू (नामसहित)

    Above Article Content Ad
  • धनगढी- धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा दुर्घटना हुँदा घाइते भएका ३३ जनाको परिचलय खुलेको छ। कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस दुर्घटना भएको हो

     

    दुर्घटनामा घाइते हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–११ का ३९ वर्षीय शिवदत्त राना, गोदावरी नगरपालिका–१० का ३७ वर्षीय डम्बरबहादुर माली, गोदावरी–२ की १९ वर्षीया खेमा मल्ल र उनकी २८ वर्षीया दिदी शोभा मल्ल, घोडाघोडी नगरपालिका–२ की २२ वर्षीया चाँदनी खत्री तथा धनगढी उपमहानगरपालिका–४ की २० वर्षीया जानु चौधरी रहेका छन्।

    Article inline ad #1
  • त्यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ३२ वर्षीय केशव धामी र उनकी ९ वर्षीया छोरी प्रतीक्षा धामी, लेकम गाउँपालिका–५ का ३४ वर्षीय दयाकृष्ण जोशी, २८ वर्षीय रमेश जोशी र उनकी ७ वर्षीया भतिजी श्रुती जोशी, मार्मा गाउँपालिका–२ की १४ वर्षीया नविना भट्ट तथा दुहुँ गाउँपालिका–४ का २० वर्षीय रोहित लोथेल घाइते भएका छन्।

    Article inline ad #2

    बैतडीको दोगडाकेदार नगरपालिका–५ की ७८ वर्षीया धाना चन्द र उनका ३९ वर्षीय छोरा प्रेमबहादुर चन्द, पुर्चौडी नगरपालिका–१ का ३१ वर्षीय राजेन्द्र जोशी, उनकी ३० वर्षीया श्रीमती भागरथी जोशी र २ वर्षीया छोरी रेणुका जोशी तथा मेलौली नगरपालिका–२ का २१ वर्षीय महेश बिसी पनि घाइते भएका छन्।

    डडेल्धुराको अजयमेरु गाउँपालिका–३ का ३२ वर्षीय महेश पाण्डे, नवदुर्गा गाउँपालिका–३ का ४२ वर्षीय डम्बर सिंह साउद, अमरगढी नगरपालिका–४ की ४० वर्षीया गीता कठायत र २० वर्षीया रक्षा कठायत तथा भागेश्वर गाउँपालिका–३ की २० वर्षीया पुष्पा भाट र २३ वर्षीया पवित्रा रावल घाइते भएका छन्।

    त्यस्तै, डोटीको शिखर नगरपालिका–११ का ३० वर्षीय बसन्त बलायर, सिलगढी नगरपालिका–१० का १८ वर्षीय अंकित यादव, २४ वर्षीया ज्योति बुडाल र उनका १५ वर्षीय भाइ धिरज बुडाल घाइते भएका छन्।

    कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ की २० वर्षीया जेनी राना र दोधारा चाँदनी नगरपालिका–२ की २५ वर्षीया प्रिया साउद, अछामको चौरपाटी गाउँपालिका–२ का १७ वर्षीय अमित साउद तथा धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिका–५ का १८ वर्षीय भानु यादव पनि दुर्घटनामा घाइते भएका छन्।

    घाइतेमध्ये एक जनालाई पुरानो मेडिकल कलेज भरतपुर र ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा लगेर उपचार भइरहेको छ।

    बस चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० का ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6