
कञ्चनपुरमा ४ किलो ३२४ ग्राम चरेस बरामद
Above Article Content Ad
धनगढी- कञ्चनपुरमा प्रहरीले ४ किलो ३२४ ग्राम अवैध लागूऔषध चरेस बरामद गरेको छ।
लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले भीमदत्त नगरपालिका–४ बसपार्कस्थित न्यु खप्तड नेपाल होटलमा जाँच गर्दा चरेस बरामद गरेको हो।
Article inline ad #1
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले होटलमा खानतलासी गरेको थियो।
Article inline ad #2
खानतलासीका क्रममा बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ का ३५ वर्षीय सुरेन्द्रबहादुर बुढाले आफू बसेको कोठाभित्र लुकाइछिपाइ राखेको अवस्थामा चरेस फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागूऔषध चरेससहित बुढालाई नियन्त्रणमा लिएर कानुनबमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















