Above Article Ad
  • राप्रपा कञ्चनपुर–१ मा नगर, प्रदेश र क्षेत्रीय कार्यसमिति सर्वसम्मत चयन

    Above Article Content Ad
  • कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले बेलौरी नगर, प्रदेश “ख” तथा क्षेत्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

    पार्टीको संगठन विस्तार तथा सुदृढीकरणलाई प्राथमिकता दिँदै तीनवटै तहका कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

    Article inline ad #1
  • बेलौरी नगर कार्यसमितिको अध्यक्षमा सुभाष चन्द्र चयन भएका छन् भने उपाध्यक्षमा मिना शाही चयन भएकी छन्। नगर सदस्यहरूमा दिल्लीबहादुर शाही, बसन्ती शाह, कर्णदेव भट्ट, केशव पन्त, जानकी शाही, झरना शाही, हस्तबहादुर शाही, रणबहादुर चन्द, लाल गिरी, रामसिंह राना, नमराज जोशी र विष्णु खडेल चयन भएका छन्।

    Article inline ad #2

    त्यस्तै, राप्रपा प्रदेश “ख” कार्यसमितिको अध्यक्षमा केशव पन्त चयन भएका छन्। उपाध्यक्षमा लालसिंह राना तथा महिला उपाध्यक्षमा गौरी राना चयन भएका छन्। प्रदेश “ख” सदस्यमा इन्द्रा राना, रामदत्त भट्ट र डम्बर बिष्ट चयन भएका छन्।

    यसैगरी, निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय अध्यक्षमा दिल्लीबहादुर शाही चयन भएका छन्। क्षेत्रीय उपाध्यक्षमा विष्णु कडेल महिला उपाध्यक्षको जिम्मेवारीसहित चयन भएकी छन् भने सचिवमा कर्णदेव भट्ट चयन भएका छन्।

    क्षेत्रीय सदस्यहरूमा सुकमान सुनार, देवी बिष्ट रोकाया र पदमसिंह राना चयन भएका छन्।

    सर्वसम्मत चयनसँगै स्थानीय तहदेखि क्षेत्रीय तहसम्म पार्टीको संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको छ।

    राप्रपाले आगामी दिनमा संगठनलाई थप मजबुत बनाउँदै जनताका मुद्दालाई प्राथमिकतामा राखेर राजनीतिक गतिविधि अघि बढाउने जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6