Above Article Ad
  • नारायणगढ–मुग्लिन खण्डमा सवारी आवागमन आंशिक बन्द हुने

    Above Article Content Ad
  • मुग्लिन–काठमाडौँ सडक खण्डको कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको छ। उक्त स्थानमा नयाँ ट्रयाक खोली आवागमन सुचारु गर्न केही समय लाग्ने भएकाले हाल सो सडकमा सवारी साधनको आवागमन बन्द रहेको छ।

    कृष्णभीरमा सडक अवरुद्ध हुँदा नारायणगढ–मुग्लिन सडक खण्डमा समेत सवारी साधनको चाप न्यून भएको छ। कृष्णभीरमा मर्मत कार्य जारी रहेको समयको सदुपयोग गर्दै नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला परियोजनाको माटो कटान कार्य अगाडि बढाउन लागिएको छ।

    Article inline ad #1
  • न्यूनतम सङ्ख्यामा सवारी साधन प्रभावित हुने गरी कृष्णभीर सडक खण्डको मर्मत सम्पन्न नहुञ्जेलसम्मका लागि नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला क्षेत्रमा सोमबारदेखि प्रत्येक दिन आंशिक रूपमा सवारी साधनको आवागमन रोकिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

    Article inline ad #2

    प्रशासनले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ६:०० देखि ८:०० बजेसम्म, बिहान ८:३० देखि १०:३० बजेसम्म, बिहान ११:०० देखि दिउँसो १:०० बजेसम्म, दिउँसो १:३० देखि ३:३० बजेसम्म र दिउँसो ४:०० देखि साँझ ६:०० बजेसम्म सवारी साधन बन्द रहनेछन्।

    त्यस्तै बिहान ८:०० देखि ८:३० बजेसम्म, बिहान १०:३० देखि ११:०० बजेसम्म, दिउँसो १:०० देखि १:३० बजेसम्म, दिउँसो ३:३० देखि ४:०० बजेसम्म र साँझ ६:०० बजेपछि भने सडक खुला रहनेछ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी कार्यतालिकालाई मध्यनजर गरेर मात्र सवारी साधन सञ्चालन तथा यात्रा गर्न अनुरोध गरेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6