Above Article Ad
  • पुनर्वासमा तीनमहिने सिलाइ–कटाइ तालिम सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका-६स्थित नेपाल–भारत मैत्री संघको उपशाखाद्वारा सञ्चालित ३ महिने आधारभूत सिलाइ–कटाइ तालिमको सम्पन्न भएको छ।

    सोमबार एक भव्य कार्यक्रमका बीच जेठ १२ गतेदेखि सञ्चालन भएको तीनमहिने सिलाइ–कटाइ तालिम भदौ १५ गते सम्पन्न भएको हो।

    Article inline ad #1
  • नेपाल-भारत मैत्री संघ उपशाखा पुनर्वासका अध्यक्ष विश्वनाथ  बिष्टको सभापतित्व तथा नेपाल-भारत मैत्री संघका उपाध्यक्ष हरिशंकर ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिमा पुनर्वास उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार रायमाझी, पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्रसिंह लामा हुनुहुन्थ्यो।

    Article inline ad #2

    त्यसैगरी,अतिथिमा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमुख लोकेन्द्र सिंह कार्कीको , रक्तदान सदभावना दूत सुदूरपश्चिम प्रदेशसरकार दीपक उपाध्याय हुनुहुन्थ्यो।

    प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै नेपाल भारत संघका उपाध्यक्ष हरिशंकर ठाकुरले तीनमहिने सिलाइ कटाइ तालिमबाट सहभागीहरूले आवश्यक सीप तथा ज्ञान हासिल गरेका छन्। आगामी दिनमा पनि स्थानीय आवश्यकता र मागअनुसार यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    अहिले नेपालमा ठूलो विपत्ति आएको छ। दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत व्यक्त गर्नुभयो।

    त्यसैगरी कार्यक्रमका सभापति विश्वनाथ बिष्टले आफ्नो आसनबाट बोल्नुहुँदै तीनमहिने सिलाइ–कटाइ तालिमले सहभागीहरूलाई सीप सिकाएर आत्मनिर्भर बन्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न सहभागीहरूलाई जानकारी दिनुभयो । समापन कार्यक्रममा शुभकामना तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

    उद्योग वाणिज्य संघको सभा हलमा आयोजित उक्त कार्यक्रमको सञ्चालन नेपाल–भारत मैत्री संघ उपशाखा पुनर्वासका सचिव नवीन तिमिल्सनाले गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6