Above Article Ad
  • कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृत फेला

    Above Article Content Ad
  • धनगढी-कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृत भेटिएका छन् । मृत भेटिनेमा सशस्त्र प्रहरी जवान भरत धानुक रहेको प्रहरीले जनाएको छ ।

     

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले शुक्लाफाँटा नगरपालिका–२ घर भएका धानुक आइतबार दिउँसो साढे १२ बजे घरबाट करीब दुई किलोमिटरको दूरीमा मृत भेटिएका हुन् ।

    Article inline ad #1
  • उनकाअनुसार धानुक जोनापुरस्थित नर्सरीमा मृत भेटिएका थिए । रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएपनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Article inline ad #2

    दार्चुलामा कार्यरत धानुक केही दिनअघि मात्र विदामा कञ्चनपुरको झलारीस्थित घर आएका थिए । उनी शनिबार साँझदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खोजीका लागि खबर गरेको थियो । खोजीका क्रममा उनी आइतबार दिउँसो मृत भेटिएका हुन् ।

    धानुक विवाहित भएपनि श्रीमती बाहेक छोराछोरी भने नरहेको पाइएको प्रहरीले जनाएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6