Above Article Ad
  • विपत्तिको मौका छोपेर बगेको शवबाट सुन चोरी

    Above Article Content Ad
  • धनगढी- मुलुकभर प्राकृतिक विपत्तिले विनाश मच्चाइरहेका बेला मानवता नै लज्जित हुने एउटा अमानवीय घटना सार्वजनिक भएको छ। बाढीमा परेर नदीमा बगेको मृत शरीरबाट बहुमूल्य गहना तथा सुन लुटेको दृश्य कैद गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि चौतर्फी आक्रोश र विरोध भएको छ।

    आपत्कालीन अवस्थामा उद्धार, राहत र सहयोगमा जुट्नुको सट्टा मृत शरीरमाथि नै गिद्धे नजर लगाएर गहना लुट्ने घटनाले सामाजिक चेतना र मानवीय संवेदनामाथि गम्भीर प्रश्न खडा गरेको छ।

    Article inline ad #1
  • भिडिओमा के देखिन्छ?
    सार्वजनिक भएको भिडिओमा हिलाम्मे र धमिलो पानीमा एक मृत शरीर तैरिरहेको देखिन्छ। नदी किनारमा मानिसहरूको बाक्लो भिड जम्मा भएको छ। तर उद्धार तथा शवको मर्यादित व्यवस्थापन गर्नुको सट्टा दुई जना व्यक्तिले पानीमा रहेको शवलाई आफूतिर तानेर शरीरमा लगाइएका सुनका गहना निकालिरहेको दृश्य देखिन्छ।

    Article inline ad #2

    प्राकृतिक विपत्तिको भयावह अवस्थाबीच मृत शरीरबाटै गहना लुटिएको दृश्यले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई स्तब्ध बनाएको छ। घटनालाई लिएर सर्वसाधारणले दोषीमाथि तत्काल छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

    मानवीय संवेदनासमेत गुम्ने गरी भएको यस्तो कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउनुपर्ने र मृतकको सम्मान तथा परिवारको अधिकार सुरक्षित गर्नुपर्ने माग तीव्र बनेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6