
अत्तरियाको एक होटलमा किशोरीमाथि करणी, बैतडीका युवक पक्राउ
Above Article Content Ad
धनगढी-कैलालीको अत्तरीयामा होटलमा राखेर किशोरीमाथि जबरजस्तीकरणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्।
१४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीका युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–१ बस्ने २० वर्षीय राजेश धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
Article inline ad #1
धामीले २४ असारमा ती किशोरीलाई घरबाट अत्तरिया बोलाई एक होटलमा राखेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि उनलाई पक्राउ गरिएको डीएसपी तिमिल्सिनाले बताए। धामीलाई सोमबार धनगढी उपमहानगरपालिका–८ को क्याम्पस चोकबाट पक्राउ गरिएको थियो। उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















