Above Article Ad
  • भारतीय विमानस्थलबाट नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने १५९ म्यानपावरमाथि कारवाही

    Above Article Content Ad
  • काठमाडौं -वैदेशिक रोजगार विभागले अनुमति नलिइ भारतस्थित विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।

    विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरित कार्य गरेको भन्दै उनीहरुलाई पहिलो पटक कारवाही गरेको हो । विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतप्राप्त संस्थाले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था पालना भए–नभएको विषयमा अध्ययन तथा अनुगमन गर्न २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरिएको थियो ।

    Article inline ad #1
  • सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ संस्थाले मात्रै माग गरिएको विवरण बुझाएका थिए । विवरण बुझाएका संस्थामध्ये १५९ संस्थाले विभागको स्वीकृतिबिनै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएपछि सचेत गराएको हो ।

    Article inline ad #2

    त्यसैगरी, विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने ४३९ वटा म्यानपावर कम्पनीलाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउँदै पुनः विवरण बुझाउन निर्देशन दिएको छ ।

    विभागले पटक–पटक कानुन, नियम तथा निर्देशन उल्लंघन गर्ने थप आठ वटा म्यानपावर कम्पनीलाई भने जनही ५० हजार रुपियाँका दरले जरिबाना गरेको जनाएको छ । तीमध्ये तीन कम्पनीलाई पुनः भारतबाट श्रमिक उडाएको तथा पाँच कम्पनीलाई विभागले माग गरेको विवरण नबुझाएको कारण कारबाही गरिएको हो ।

    विभागले वैदेशिक रोजगार व्यवसायीहरूलाई कानुन र विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ ।

    वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई स्वदेशको विमानस्थल प्रयोग गरेर पठाउनुपर्ने व्यवस्था छ । विदेशको विमानस्थल प्रयोग गर्नुपर्ने भएमा विभागसँग अनुमति लिनुपर्ने व्यवस्था छ ।

    तर धेरै म्यानपावर कम्पनीले अनधिकृतरुपमा भारतीय विमानस्थल हुँदै श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउने गरेको गुनासो आएपछि विभागले २०८३ असार २६ गते एक सूचना जारी गर्दै कुन विमानस्थल प्रयोग गरेर पठाएको हो ? त्यसको विवरण पठाउन निर्देशन जारी गरेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6