Above Article Ad
  • धनगढी र अत्तरियामा यौनधन्दाको जालो, ९ होटल मालिकलाई मुद्दा

    Above Article Content Ad
  • धनगढी -प्रहरीले धनगढी र अत्तरियामा होटलमा युवती राखेर यौनधन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेका ९ जना होटल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरेको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीमा बुधबार पक्राउ परेका ६ जना होटल सञ्चालकविरुद्ध मुद्दा चलाएको जनाएको छ। प्रहरीले होटलबाट नियन्त्रणमा लिएका जोडीसहितका १८ जनालाई सामान्य सोधपुछपछि रिहा गरेको जनाएको छ।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार बुढीनन्दा होटलका सञ्चालक देवीप्रसाद जैशी, सिगास होटलका लोकेन्द्रबहादुर धामी, मालिका होटलका मिलन कार्की, जोगबुढा होटलका नरेन्द्र साउद र प्रिया होटलकी सञ्चालक देवी पुजारा विरुद्ध मुद्दा दर्ता गरिएको छ। यसअघि पक्राउ परेका रिदम होटलका सञ्चालक सुरेन्द्र खातीविरुद्ध पनि मुद्दा चलाइएको छ।

    Article inline ad #2

    प्रहरीका अनुसार प्रिया होटल र रिदम होटलबाहेक अन्य चार होटलका सञ्चालकविरुद्ध रंगेहात पक्राउ परेका व्यक्तिहरूले जाहेरी दिएपछि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो। प्रिया र रिदम होटलका सञ्चालकविरुद्ध भने जाहेरी नपरेपछि अभद्र व्यवहार तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

    यस्तै, उता अत्तरियामा पनि होटलमा युवती राखेर यौनधन्दा सञ्चालन गरेको आरोपमा तीन जना होटल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरासिंह महराका अनुसार हिल्टन होटलका सञ्चालक गोदावरी नगरपालिका–२ का ४० वर्षीय गगन महत, पुर्चौडी होटलकी सञ्चालक चुरे गाउँपालिका–६ की ३६ वर्षीया राधिका धामी र बीआर होटलकी सञ्चालक दाङको तुलसीपुर नगरपालिका–३ घर भएकी २७ वर्षीया सावित्रा विश्वकर्माविरुद्ध मुद्दा चलाइएको छ।

    यसअघि प्रहरीले अत्तरियाका तीन होटलमा छापा मारेर १० महिला र ९ पुरुष गरी १९ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई सामान्य सोधपुछपछि रिहा गरिएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6