Above Article Ad
  • दाजुको हत्या आरोपमा भाइ पक्राउ

    Above Article Content Ad
  • जिल्लाको कोहलपुर नगरपालिका – ४ गोहवाका २० वर्षीय विनोद चौधरी आफ्नो सहोदर दाजु २६ वर्षीय मनोज चौधरीको हत्या आरोपमा पक्राउ परेका हुन्।

    इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार आइतबार बेलुकी ७ बजेतिर मदिरा सेवनपछि दाजुभाइका बीचमा सामान्य कुरालाई लिएर विवाद भएको थियो।

    Article inline ad #1
  • आपसी भनाभनकै बीच मनोजले भाइ विनोदलाई हान्न भनेर आउँदै गर्दा उनले ठूलो ढुंगा उठाएर टाउकोमा प्रहार गरेका थिए।

    Article inline ad #2

    भाइ विनोदको त्यो ढुंगा प्रहारपछि दाजु मनोज सिक्टा नहरमा खसेका थिए।

    घटनाबारे सूचना पाएपछि प्रहरी बिट मदन चोकबाट प्रहरी सहायक निरीक्षक अंगतबहादुर थापा र इप्रका कोहलपुरबाट प्रहरी निरीक्षक पुनको नेतृत्वमा टोली खटिएपछि नहरबाट मृतक मनोजको शव निकालेको थियो।

    प्रहरी पुग्दा हत्या आरोपी विनोद लगाएको कपडा त्यही फुकालेर अर्कौ कपडा लगाइ फरार भइ सकेका थिए। प्रहरीले राति नै शव पोस्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पुर्‍याएको थियो।

    फरार भएका विनोदको प्रहरीले रातभर खोजी गरेको थियो।सोमबार  बिहान साढे ६ बजेतिर प्रहरी निरीक्षक पुनसहितको टोलीले हत्या आरोपी विनोदलाई नेपालगंज उपमहानगरपालिका –१५ चन्हवा बाट नियन्त्रणमा लिएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6