Above Article Ad
  • अछामको चर्चित हत्याकाण्डमा फैसला उल्टियो, कांग्रेस सभापतिसहित दोषीलाई जन्मकैद

    Above Article Content Ad
  • धनगढी -अछामको बहुचर्चित विनोद शाही हत्या प्रकरणमा उच्च अदालत दिपायलले जिल्ला अदालत अछामको सफाइ फैसला उल्ट्याउँदै नेपाली कांग्रेसका नगर सभापति सज्जन शाहीसहित ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

    मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र न्यायाधीश पुनम सिंह चन्दको संयुक्त इजलासले सज्जन शाही, महेन्द्र शाही, वीरेन्द्र शाही, देवेन्द्र शाही, पृथ्वी शाही र अक्कल शाहीलाई हत्या अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो।

    Article inline ad #1
  • अदालतले दोषीहरूबाट पीडित पक्षलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ। यसअघि जिल्ला अदालत अछामले २०८२ मंसिर ४ गते सबै प्रतिवादीलाई सफाइ दिएको थियो। तर उच्च अदालत दिपायलले उक्त फैसला उल्ट्याउँदै १६ वर्षीय विनोद शाहीको हत्या भएको ठहरसहित ६ जनालाई दोषी ठहर गरेको हो।

    Article inline ad #2

    २०७९ सालको स्थानीय तह निर्वाचनका क्रममा भएको राजनीतिक विवादपछि विनोद शाही बेपत्ता भएका थिए। उनी बेपत्ता भएको चार दिनपछि घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका थिए। घटनाअघि एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको तथा एमाले कार्यकर्तालाई पक्राउ गर्ने क्रममा दोहोरो तनाव सिर्जना भएको थियो। सोही क्रममा विनोद शाही बेपत्ता भएका थिए।

    उच्च अदालतको पछिल्लो फैसलासँगै लामो समयदेखि चर्चामा रहेको यो हत्या प्रकरणमा नयाँ कानुनी निष्कर्ष आएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6