Above Article Ad
  • बेलडाँडीका हरिकिसन रानाको मृत्यु अझै रहस्यमय,पाँच सदस्यीय छानबिन समिति गठन

    Above Article Content Ad
  • कञ्चनपुर-मोटरसाइकलसहित जलेर मृत फेला पर्नुभएका बेलडाँडीका हरिकिसन राना मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षक श्याम ओलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले हरिकिसन राना मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षक ओलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बताए।

    Article inline ad #1
  • प्रहरी उपरीक्षक ओलियाको नेतृत्वमा गठित छानबिन समितिमा प्रहरी निरीक्षक रावलसहित पाँच सदस्य रहेका छन्। जिल्लाबाट घटनाको मिसिल, फाइल झिकाएर अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक ओलियाले बताए।

    Article inline ad #2

    २०८२ वैशाख ९ गते बिहान ४–५ बजेको समयमा राना बेलौरी नगरपालिका–१०, शिवनगर निर्मल शारदा आर्यघाट नजिकै मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए। राना मृत्यु प्रकरणको विगत एक वर्षदेखि विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइए पनि प्रहरी निष्कर्षमा भने पुग्न सकेको छैन् ।

    घटनाको अनुसन्धानका लागि तीन दर्जन बढी स्थानीयसँग सोधपुछका साथै, मृतकको मोबाइल फोन, छिमेकी, आरोपित लगायतसँग अनुसन्धान गरिए पनि अझै रानाको हत्या गरिएको या आत्महत्या गरेको भन्ने विषय टुङ्गोमा लाग्न सकेको छैन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6