Above Article Ad
  • रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जना घाईते, दुई जनाको मृत्यु

    Above Article Content Ad
  • धनगढी- रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा धनगढीका दुई जनाको मृत्यु भएको छ।

    धनगढी उपमहानगरपालिका–७ जेपी चोक नजिक रोकि राखेको सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको ट्रकमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको से ५ प ३४१४ नम्बरको मोटरसाइकल ट्रकको पछाडीको भागमा बिहीवार साँझ ७ः५० बजे ठोक्किएको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीय अनिस सिंह गम्भिर घाईते भएका थिए। उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    Article inline ad #2

    मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने १९ वर्षीय गणेश कुवँर पनि गम्भिर घाइते भएका थिए। गणेशको उपचारको क्रममा राति ११ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र ट्रक चालक चुरे गाउँपालिका-३ बस्ने २९ वर्षीय प्रकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

    यस्तै सोही मोटरसाइकलले धनगढी उपमहानगरपालिका–१२ सि गाँउ बस्ने ७० वर्षकी मना पार्कीलाई समेत धनगढी उपमहानगरपालिका–१२ सि गाउँमा ठक्कर दिई दाहिने हातमा चोट लागेको छ। घाईते पार्कीको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6