Above Article Ad
  • सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा महिला मतदाता कम

    Above Article Content Ad
  • धनगढी- रोजगारीका कारण अधिकांश गाउँ पुरुषविहीन बन्दै गएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा महिला मतदाता भने कम देखिएका छन्।
    प्रदेशभरि महिला मतदाता सङ्ख्या पुरुषको तुलनामा बढी रहे पनि पाँच पहाडी जिल्लामा भने महिला मतदाता कम रहेका छन्। प्रदेश निर्वाचन कार्यालयका अनुसार १८ अन्यसहित प्रदेशभरि कुल १७ लाख १६ हजार ६६० मतदाता छन्। तीमध्ये पुरुष मतदाता आठ लाख ५२ हजार २१९ र महिला मतदाता आठ लाख ६४ हजार ४२३ जना रहेका छन्। यसअनुसार प्रदेशभरि पुरुषभन्दा १२ हजार २०४ महिला मतदाता बढी छन्।

    तर विकट पहाडी जिल्ला बाजुरा, बझाङ, बैतडी, दार्चुला र डडेलधुरामा भने पुरुषको तुलनामा महिला मतदाता कम छन्। यी जिल्लाबाट ठूलो सङ्ख्यामा पुरुष रोजगारीका लागि भारत जाने भएकाले कतिपय गाउँ चाडपर्वबाहेक अन्य समयमा प्रायः पुरुषविहीन रहने गरेका छन्। बाजुरामा अन्यसहित ८७ हजार ८६१ मतदाता रहेकोमा महिला ४२ हजार ४३१ र पुरुष ४५ हजार ४२८ जना रहेका छन्।

    बझाङमा एक लाख २६ हजार ९०३ मतदातामध्ये महिला मतदाता ६२ हजार २८९ र पुरुष मतदाता ६४ हजार ६१४ रहेका छन्। यस जिल्लामा पुरुषको तुलनामा महिला मतदाता दुई हजार ३२६ कम छन्। यस्तै, अन्यसहित एक लाख ५६ हजार ३७२ मतदाता रहेको बैतडीमा महिला मतदाता ७७ हजार ३८३ र पुरुष मतदाता ७८ हजार ९८७ रहेका छन्। बैतडीमा पुरुषको तुलनामा महिला मतदाता एक हजार ६०४ कम छन्।

    Article inline ad #1
  • प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार ९२ हजार ९४८ मतदाता रहेको दार्चुलामा महिला मतदाता ४५ हजार १९३ र पुरुष मतदाता ४७ हजार ७५५ रहेका छन्। दार्चुलामा पुरुषको तुलनामा दुई हजार ५६२ महिला मतदाता कम छन्। निर्वाचन कार्यालयका अनुसार ९३ हजार ४०३ मतदाता रहेको डडेलधुरामा पनि महिला मतदाता पुरुषभन्दा ५११ कम छन्। त्यहाँ महिला मतदाता ४६ हजार ४४६ र पुरुष मतदाता ४६ हजार ९५७ रहेका छन्।

    Article inline ad #2

    कैलाली, कञ्चनपुर, डोटी र अछाम जिल्लामा भने पुरुषको तुलनामा महिला मतदाता बढी देखिएका छन्। अन्यसहित कुल पाँच लाख ५१ हजार ५२ मतदाता रहेको कैलालीमा महिला मतदाता दुई लाख ८० हजार २४३ र पुरुष मतदाता दुई लाख ७९ हजार ७९८ रहेका छन्। कञ्चनपुरमा एक अन्यसहित तीन लाख १३ हजार ३८५ मतदाता रहेका छन्, जसमा महिला एक लाख ६० हजार ३१६ र पुरुष एक लाख ५४ हजार ६८ छन्। अछाममा पनि महिला मतदाता पुरुषभन्दा बढी छन्।

    विकट जिल्लामा महिला मतदाता सङ्ख्या कम देखिनु गम्भीर विषय भएको महिला मानव अधिकारकर्मी गोमा आचार्यको भनाइ छ। नागरिकता नहुनु वा मतदाता नामावलीमा नाम दर्ता नगरिनु महिला मतदाता कम हुनुको मुख्य कारण हुन सक्ने उनले बताए। महिलालाई नागरिकताबाट वञ्चित गरिँदा मताधिकारमा प्रत्यक्ष असर परेको हुन सक्ने उनको आकलन छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6