Above Article Ad
  • गड्डाचौकी भन्सारले लक्ष्यअनुरूप राजस्व संकलन सकेन

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले चालु आर्थिक वर्ष २०८२-८३ का पहिलो चार महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन।

     

    Article inline ad #1
  • कार्यालयले २ लाख ६२ हजार ९६ रुपैयाँ संकलन लक्ष्य राखे पनि २ लाख ६ हजार ८०२ रुपैयाँ मात्र उठेको छ। सूचना अधिकारी चक्रदेव भट्टका अनुसार भन्सारजन्य सामग्रीमा दिइएको सहुलियत, कर छुट र महाकाली पुलमा १० टनभन्दा बढी सामग्री पास नपाइने व्यवस्थाले आयात घटेपछि राजस्वमा कमी आएको हो।

    Article inline ad #2

    साउन, भदौ र कात्तिकमा राजस्व संकलन कमजोर देखिएको छ भने असोजमा भने लक्ष्यभन्दा २ प्रतिशत बढी संकलन भएको थियो। अनुसार, साउनमा ५५ हजार १५८, भदौमा ४९ हजार ३४०, असोजमा ५८ हजार ८९४ र कात्तिकमा ४३ हजार ४१० रुपैयाँ संकलन भएको छ।

    गड्डाचौकी भन्सारले विगत चार वर्षयता पनि लक्ष्यअनुरूप राजस्व संकलन गर्न सकेको छैन। आर्थिक वर्ष २०८१÷८२ मा ७ लाख ४० हजार ५५९ लक्ष्य रहेकोमा ५ लाख ९७ हजार ७५९ मात्र उठ्यो। आर्थिक वर्ष २०८०÷८१ मा ५ लाख ४३ हजार ८८९, २०७९÷८० मा ४ लाख २० हजार ९९५ र २०७८÷७९ मा ४ लाख ६२ हजार २३८ रुपैयाँ मात्र राजस्व संकलन भएको र यी सबै वर्षहरूमा लक्ष्यभन्दा कम रहेको कार्यालयले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6