Above Article Ad
  • सुदृढ र जनताको कांग्रेस बनाउन नेतृत्वको ध्यान जाओस् : मदन उपाध्याय

    Above Article Content Ad
  • कञ्चनपुर -नेपाली कांग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि मदन उपाध्यायले सुदृढ कांग्रे निर्माणका लागि नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

    कञ्चनपुरको आइबीआरडीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको पार्टी बनाउन नेतृत्वले थुप्रै विषयमा ध्यान दिनुपर्ने औंल्याएका हुन्। ‘आज कांग्रेस केन्द्रीय समिति बैठक छ।

    Article inline ad #1
  • उक्त बैठकमा कांग्रेसलाई वर्तमान अवस्थामा जनताको पार्टी बनाउन, देशको अभिभावकीय पार्टी बनाउन जनताको भावना बमोजिम अगाढि बढ्न आवश्यक छ,’ उनले भने। ‘पार्टी सभापति शेरबहादुर देउवामाथिको सांघातिक आक्रमणको निन्दा र खेद प्रकट गर्दै उहाँले सम्मान पूर्वक नेतृत्व हस्तान्तरण गर्नुपर्छ। कांग्रेसमा कृष्णप्रसाद भट्टराईको छायाँ देखिने पार्टीको उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारि सुम्पिएर उहाँकै नेतृत्वमा महाधिवेशन गर्नुपर्छ,’ उनले भने। कांग्रेसभित्र अहिले विशेष महाधिवेशनको आवश्यकतासमेत नरहेको उनले बताएका छन्। ‘केन्द्रीय समितिमा एक जना ब्यक्ति मात्र परिवर्तन गर्ने कुरा हो।

    Article inline ad #2

    विषेश महाधिवेशन आम कार्यक्रता, जनता र अहिलेको जेनजी आन्दोलन तथा युवाको भावना बमोजिम हुन सक्दैन। त्यसैले वार्डदेखि केन्द्रसम्म २० देखि ४० वर्षभित्रका ५० प्रतिशत युवाको समावेसी प्रतिनिधित्व अति आवश्यक विषय हो। यसका लागि वार्डदेखि केन्द्रसम्म नै नेपाली कांग्रेस रिफर्म र रिभ्यू गर्नका लागि नियमिति महाधिवेशन हुनुपर्छ,’ उनले भने। कांग्रेस जनताको जनसम्पर्क बाट निकै टाढा भएको अनुभूति जनमानसमा परेको र त्यसलाई पार्टीले चिर्न सक्नु पर्ने उपाध्यायको धारणा छ। ‘यसका भातृ संस्था पनि आफ्नो काम, कर्तब्य र अधिकारबाट बिमुख भएर हुँदैन। भ्रातृ संगठन पनि विचार र भिजन भन्दा नेतालाई देवत्वकरण गरी दास बन्न प्रेरित भएको देखिन्छ।

     

    त्यसैले सबै भातृ संस्थाको वर्तमान समिति खारेज गरी नयाँ नेतृत्व चयन गर्नुपर्छ,’ उनले भने। यसका साथै उनले पार्टीको संरचना गत तहमा पार्टीको जिम्मेवारि लिनेले सरकारको जिम्मेवारि नलिने र सरकारको जिम्मेवारि लिनेले पार्टीको जिम्मेवारि नलिने रणनीति अवलम्बन गर्नुपर्ने धारणा राखेका छन्। ‘काग्रेसमा अध्ययन गर्ने, प्रशिक्षण दिने, अनुशासन सिकाउने, नैतिकवान र देशप्रति चिन्तित नेता बन्न सिकाउनेका लागि एउटा थिङट्याङको जरुरी छ। यसका लागि एउटा महाप्रशिक्षण सिकाई केन्द्र आवश्यक छ,’ उनले भने। पार्टीका महामन्त्री दोय गगन कुमार थापा र वश्वप्रकाश शर्मा नेताभन्दा बढी सेलिब्रेटी बन्न लागेको भन्दै उनले आपत्ति जनाएका छन्। ‘तपाईंहरू हाम्रो नेता हो। हाम्रो उच्च सम्मान छ। तपाईंहरू संगठन गर्ने, जनताको काम गर्ने डेलिबरि दिने भन्दा गफ दिने बढी हुनु भयो भन्ने कुरा आम कांग्रेसको छ।

    तपाईंहरूलाई सम्मान गर्दै फेरि भन्छु, गिरिजा प्रसाद कोइरालाले नेपालमा ८० प्रतिशत मान्छे भेट्नु भएको भन्छन्। शेर बहादुर देउवाले बिहान ८ देखि १२ बजेसम्म दैनिक ४/५ सय मान्छे भेट्नु हुन्छ। वर्तमान अवस्थामा नेपाली राजनीतिमा सवैभन्दा बढी मान्छे भेट्ने र जनताको काम गर्ने नेता नै शेरबहादुर देउवा हुनुहुन्छ। त्यसैले उहाँहरू प्रतिको सम्मान जिवन्त छ। तपाईंसँग गाउँबाट आएको सामान्य कार्यक्रताले नेता भन्न पाउनेकि नाई? आफ्ना समस्या राख्न पाउने कि नाई? तपाईंहरू दिनमा १० पोष्ट हाल्ने, तपाईंका वरिपरि घुम्ने र चाकरि गर्नेको मात्र नेता हो कि समग्र पार्टी, देश र जनताको नेता हो।

    यसलाई सच्याउनुहोस्,’ उनले भने। कांग्रेसमा वार्डदेखि केन्द्रसम्म कृयाशिल सदस्यता प्रणालि परिवर्तन गरेर सबैलाई साधारण सदस्यता बाडेर जान आवस्यक रहेको उनले बताएका छन्। परिवारका सदस्य र आफ्ना खल्तिका मान्छेलाई क्रियाशिल सदस्यता बाढ्ने प्रणालि अन्त्य गर्दै कांग्रेस समर्थक सबैलाई साधारण सदस्यता वितरण गरि वार्डबाटै समाजले चाहेका र रोजेका मान्छे नै कांग्रेसका मान्छे अभियान ल्याउन जरुरि रहेको उनले बताएका छन्।

    यसका साथै यस विषम परिस्थितिमा सबै राजनीतिक दलहरूले सुझबुझका साथ राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गरेरसमेत अघि बढ्नुपर्ने धारणा उपाध्ययले राखेका छन्। पार्टीभन्दा ठूलो देश हुने भएकाले वर्तमान अवस्थामा सबै राजनीतिक दल एक ठाउँमा आउनु पर्ने र साझा धारणा बनाएर अघि बढ्नुपर्ने उनले बताए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6