Above Article Ad
  • पुनर्वासको आपतालका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रावलले कैलालीको दृष्टि फाउन्डेसनमा मनाए जन्मदिन

    Above Article Content Ad
  • पुनर्वास –कञ्चनपुरको पुनर्वास नगरपालिका-४ स्थित सशस्त्र प्रहरी बल नेपाल  आउट पोस्ट आपतालका प्रमुख सशस्त्र प्रहरी निरीक्षक टिका रावलले आफ्नो जन्मदिन अनाथालयमा सहयोग गरेर मनाउनुभएको छ।

    असोज २५ गते शनिबारका दिन परेको ४५ औं जन्मोत्सवको अवसरमा सशस्त्र प्रहरी निरीक्षक रावलले  धनगढी उपमहानगरपालिका -१३  कैलाली स्थित दृष्टि फाउन्डेसन नेपालमा रहनुभएका ६५ जनालाई अनाथ व्यक्तिहरूलाई दिउँसोको खाजा खुवाएर जन्मोत्सव मनाउनुभएको हो ।

    Article inline ad #1
  • रुकुम पश्चिम घर भएका सशस्त्र प्रहरी निरीक्षक रावल विगत ५ महिनादेखि  पुनर्वास नगरपालिका ४ को सशस्त्र प्रहरी बल आपतालको प्रमुख जिम्मेवारीमा हुनुहुन्छ।

    Article inline ad #2

    जन्मोत्सवमा साथी भाइहरूसँग फजुल खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा खर्च गर्नु निकै राम्रो हुने सशस्त्र प्रहरी निरीक्षक रावलको भनाइ छ।

    दृष्टि फाउन्डेसन नेपालकी सञ्चालक कल्पना भट्टले आफ्नो जन्मोत्सव मनाउन आउनुभएका सशस्त्र प्रहरी निरीक्षकलाई जन्मदिनको शुभकामनासँगै  सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।

    निजी क्षेत्रबाट सञ्चालित दृष्टि फाउन्डेसन नेपाल सडकमा भेटिएका असहाय र अनाथ व्यक्तिहरूका लागि सुदूरपश्चिमै सहाराको घर बनेको छ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6