Above Article Ad
  • झापामा डेंगुबाट एकजनाको मृत्यु

    Above Article Content Ad
  • झापा -झापामा डेंगु संक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु भएको छ।

    स्वास्थ्य कार्यालयले डेंगु संक्रमणको रोकथामका लागि सावधानी अपनाउन र चिकित्सकको परामर्श लिन आग्रह गरेको छ।

    Article inline ad #1
  • वर्षैभरि डेंगु संक्रमण देखिने र यसका लक्षणहरू ज्वरो, टाउको दुख्ने, रगत बग्ने आदि हुन्।

    Article inline ad #2

    २१ असार झापा । झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको छ ।

    शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राईको डंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ ।

    उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान ८ः२५ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

    स्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन युवनाथ बरालका अनुसार, चालु वर्षमा डेंगु संक्रमणबाट मृत्यु हुने सुरविरा पहिलो व्यक्ति हुन्। गत वर्ष डेंगुका कारण जिल्लामा दुई जनाको मृत्यु भएको थियो।

    बरालका अनुसार, अहिले जिल्लाभरि डंगुका ५५ जना संक्रमित उपचाररत् छन् । तीमध्ये बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना उपचाररत छन् । संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोड क्षेत्रका रहेको जनाइएको छ।

    मनसुन सुरु भएसँगै जिल्लामा डेंगु संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। डेंगु प्रायः असारदेखि असोज महिनासम्म बढी देखिए पनि झापामा भने वर्षैभरि संक्रमण देखिने गरेको बरालले बताए।

    डेंगु संक्रमण न्यूनीकरणका लागि सावधानी अपनाउन र समयमै चिकित्सकको परामर्श लिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

    यसवर्ष देशभरि डेंगु संक्रमित ६० हजार नाघ्न सक्ने सरकारको अनुमान छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले यसका लागि आवश्यक कार्ययोजना तयार पारेको छ ।

    डेंगु संक्रमण साउनदेखि बढ्दै भदौ र असोजमा उच्चतम अवस्थामा पुग्नेछ भने कात्तिकदेखि घट्न थाल्ने महाशाखाले जनाएको छ ।

    डेंगु भएको कसरी थाहा पाउने ?

    चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ ।

    टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ ।

    डेंगु लाग्दा देखिने लक्षण

    – असाध्यै टाउको दुख्ने

    –आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

    –ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने

    –शरीरमा विमिरा आउने

    –वाकवाकी लाग्ने

    – पेट दुख्ने

    – नाक वा गिजाबाट रगत बग्ने

    – रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ  ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6