Above Article Ad
  • पुनर्वासमा मनाईयो उत्तरायणी पर्व

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–६, प्रतिभानगरको खुल्ला मञ्चमा उत्तरायणी पर्व मनाईएको छ ।
    बिहिबार पुनर्वास उत्तरायणी समाजको आयोजनामा बृहत देउडा प्रतियोगिताको आयोजना गरि मनाईएको हो ।

    समाजका अध्यक्ष कृष्ण बहादुर रोकायाको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतथ्यितामा सम्पन्न कार्यक्रमको बिशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाका निर्वतमान नगर प्रमुख जिवनराज थापा,निर्वतमान नगर उपप्रमुख शारदा बिष्ट,पूर्व बाईसेबिचुवा गाबिस अध्यक्ष भक्तबहादुर अधिकारी,पुनर्वास–५ का वडाध्यक्ष पदम बहादुर रोकाया हुनुहुन्थयो । भने विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

    Article inline ad #1
  • कार्यक्रममा हाम्रो मुल थलो डोटीको सायल छपालीमा परापूर्वकाल देखि चलिआएको यस पर्वलाई केहि वर्षदेखि पुनर्वासमा निरन्तरता दिँदै आईरहेको समाजका अध्यक्ष कृष्णबहादुर रोकायाले जानकारी दिनुभयो ।

    Article inline ad #2

    उत्तरायणी पर्वमा कन्या–कन्याहरुबीच दुलाह र दुलही बनाउने,देउडा खेल्ने र मिठोमसिनो खानेकुरा सामुहिकमा खाई मनाईने गरिन्छ ।

    उत्तरायणी पर्व अर्थात माघ ३ गतेका दिन कुनैपनि काम गर्नुहुँदैन, काम गरे त्यो कामले सफलता नपाउने धार्मिक विश्वास रहँदै आएकाले घाँस,दाउरा गर्नेहरुले अघिल्लो दिनमै जोहो गर्ने गरेको पाईन्छ ।

    सुदुरपश्चिमको डोटीमा यो पर्वलाई विशेष महत्वका साथ मनाईन्छ । आज ४ गते सम्म चल्ने देउडामा सुदुरपश्चिमकै चर्चित मुख्य कलाकार यज्ञ थापा र बेला रोकाया रहेको आयोजकले जनाएको छ ।

    तस्बिर : पुनर्वास नगरपालिकाकि निवर्तमान नगर उपप्रमुख शारदा बिष्टको फेसबुक पोष्टबाट !

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6