Above Article Ad
  • सुनकोशीमा डुबेका किशोर ३ दिनदेखि बेपत्ता

    Above Article Content Ad
  • खोटाङ – सुनकोशीमा डुबेर तीन दिनअघि बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राईको खोजिकार्य तीव्र बनाइएको छ । पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेर बेपत्ता हुनुभएका सविनको खोजीमा आफन्त, स्यानीयवासी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

    डिकुवास्थित ओख्लाङका विन्द्रकेशर राईका छोरा सविनलाई शनिबार बिहान करिब ११ बजे सुनकोशीले बगाएको खबर प्राप्त भएको डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिए । पौडी खेल्नेक्रममा सविन सुनकोशी बेपत्ता भएको जानकारी पाएलगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीले खोजी गर्नेक्रम जारी राखे पनि हालसम्म फेला पार्न नसकेको वडाध्यक्ष राईले बताए ।

    Article inline ad #1
  • सुनकोशीमा डुबेर सविन बेपत्ता भएको घटनास्थलबाट जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय हलेसी र च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक राज विष्टले जानकारी दिए । बेपत्ता सविनलाई डिकुवाका वडा सदस्य सुर्ज अधिकारीसहितको टोलीले सुनकोशी वारिपारी खोजी रहेको छ ।

    बेपत्ता सविनको खोजी तथा उद्धारका लागि जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । धामी लिन भनेर ओख्लाङबाट स्थानीय १५ वर्षीय सागर राईसँग सविन डिकुवा गएको आफन्तले बताएका छन् ।

    Article inline ad #2
    सुनकोशी किनारको बाटोहुँदै गएका दुवैजना तुइम्बुस्थित बाँदरेखोप भन्ने ठाउँमा पौडी खेल्न कोशीमा पसेको जानकारी पाइएको वडाध्यक्ष राईले बताए । सुनकोशीमा डुबेर बेपत्ता भएका सविन तीन दिनसम्म पनि फेला नपरेपछि गोताखोर झिकाएर खोजी कार्यलाई तीव्रताका साथ अगाडि बढाउन जिल्ला सुरक्षा समितिलाई आग्रह गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिए ।

    ‘धामी लिन भनेर हिँडेका छोरा तीन दिनसम्म पनि फेला घर नफर्कँदा परिवार भावविह्वल भएको छ । उनीहरू आफ्नो छोरा जीवित नफर्किए पनि लाश देख्न चाहन्छन्’, उनले भनिन्, ‘जिल्लाबाट खटिएका सुरक्षाकर्मीको टोलीले हालसम्म बेपत्ता सविनलाई फेला पार्न सकेको छैन । गोताखोर टोली झिकाएर खोजी कार्यलाई तीव्रताका साथ अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।’सुनकोशीमा डुबेर तीन दिनदेखि बेपत्ता बनेका सविनको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर बोलाउने तयारी भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए ।

    ‘जिल्लाबाट खटिएका नेपाल प्रहरी र सशसत्र प्रहरकिो संयुक्त टोली अहिले पनि घटनास्थमै छन् । अहिलेसम्म केही पत्ता लागेको छैन’, उनले भने, ‘सुनकोशीमा डुबेर तीन दिनदेखि बेपत्ता बनेका सविन राईको खोजीका लागि गोताखोर झिकाउने विषयमा छलफल भइरहेको छ । जिल्लाबाट परिचालन गरिएको टोलीले फेला नपरेको खण्डमा भोलि सुरक्षा समितिको बैठक बसेर गोताखोर झिकाउने तयारीमा छौँ।’सुनकोशीमा बेपत्ता सविन च्यास्मिटार माध्यमिक विद्यालयको कक्षा–१० मा अध्ययनरत विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक तेजकुमार चाम्लिङ राईले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6