Above Article Ad
  • तीनकुने घटना : भाटभटेनीको रक्सी चोर्नेमा रवि लामिछानेका कार्यकर्ता

    Above Article Content Ad
  • काठमाडौं: तीनकुने घटनामा पक्राउ परेका एक जना व्यक्ति रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्लास्तरीय नेता रहेको खुलेको छ। चैत १५ गते राजावादीले आयोजना गरेको सभा हिंसात्मक घटनामा परिणत हुँदा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाउने खोटाङका डा. राजकुमार राई रहेको खुलेको हो। उनी निर्वाचन क्षेत्र सभापति एवं जिल्ला कमिटीको पदाधिकारी रहेको बुझिएको छ।

    घटना भएको दिन प्रदर्शनकारीले भाटभटेनीको मूल गेट नै फोडेर लिपस्टिक,गाजल,कपडादेखि फ्रिज, टिभी र मोबाइलसम्म चोरेका थिए। पक्राउ परेका राईविरुद्ध भने विदेशी ब्राण्डको मदिरा चोरेको आरोप छ।

    Article inline ad #1
  • लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनी डेढ वर्षअघि रास्वपामा प्रवेश गरेका थिए। उनले अमेरिकाबाट पिएचडी गरेका छन्।

    Article inline ad #2

    सामाजिक सञ्चालमा सार्वजनिक भएका भिडियोमा राई घटनाका भएको दिन बिहानैबाट तीनकुने परिसरमा देखिएका छन्। उनले हातमा नेपालको झण्डा बोकेर राजसंस्थाको पक्षमा नारा पनि लगाएका थिए। प्रहरीले हिजो ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6